" १३ औं शताब्दीका लोकनायक राजा सल्हेश र बिराट राजाकि छोरी मालिनी बिचको गाथा "

  • बैशाख १, २०८०
  • ४६५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स/ बैशाख १ सिरहा ।  मालिनी र सल्हेश बीच अटुट प्रेम सम्बन्ध थियोे  ।  उहाँ दुई बिचको प्रेम पछि असफल भएपनि सल्हेशको प्रतिक्षामा नै मालिनी मालाको रुपमा आज २२ औ शताब्दी सम्म फुल्दै आइन । १३ औं शताब्दीका राजा सल्हेश र मालिनिको प्रेम २२ औं शताब्दीमा पनि प्रेम प्रतिकको रुपमा हारमको रुखमा सुनाखरी (मालिनी) फुल्दै आएपछि प्रत्येक बर्ष यश अवसरमा मेला लाग्ने गरेको छ र मेलामा फुल हेर्नेहरुको बिशाल घुइँचो नै हुन्छ । हेरौं यो अंश पनि.... । १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी जहाँ बिराट राजाकी छोरी मालिनी सधैं फुल लोढने गर्थिन । FB_IMG_1681461630888 पर्यटकीय स्थलको रुपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा नयाँ वर्षको वैशाख एक गते मात्र फुल्ने फूल हेर्न र पूजा अर्चना गर्ने दर्शनार्थीहरुको आज बिहानैदेखि ठूलो भिड लागेको छ । फूलबारी भित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजा अर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने विश्वास गरिएको फूल हेर्न अहिले दर्शनार्थीहरुको घुइँचो लागेको छ ।तराईका पासवान जातीको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोग ब्याधि नलाग्ने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । हरेक वर्षको बैशाख १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला समेत लाग्ने गर्दछ । सलहेश गाथामा उल्लेख गरिए अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको भएपनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा वैशाख १ गते फुल्ने गरेको सलहेश गहवरका पूजारी हरिसिंहदेव दनुवारले बताउनु भयो । १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला गत वर्ष कोरोना संक्रमणको कारण मेला नलागेकोले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रतिबन्धित ...

प्रदेश टाइम्स  / सिरहा । दशै तिहार नजिकिदै गरेको बेला सिरहामा लाखौं मुल्य बराबरको प्रतिबन्धित प ...

सिरहाको बिष्णुपुरमा ...

प्रदेश टाइम्स / सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुर चौकमा एक कपडा,पसलमा आगलाग ...

भ्रष्टाचार अनुभुती ...

 राम पुकार यादव/ सिरहा । विगत ७ बर्षको भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुक पाँचौ स्थ ...