सिरहा: बिष्णुपुरबाट एक युवक पेस्तोल सहित पक्राउ

  • पुस २, २०७९
  • २२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / २९ मंसिर सिरहा । सिरहाको बिष्णुपुरबाट एक युवक पेस्तोल सहित पक्राउ परेको छ। मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् । विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...