पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले जन्मथलो रौतहट १ बाट मनोयन दर्ता गराए सँगै जनलहर शुरु

  • आश्विन २३, २०७९
  • २९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन् । नेपालले रौतहट १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए । आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।अध्यक्ष नेपालको मनोनयन सगै सो क्षेत्रमा चुनावी सरगर्मी एकाएक बढेको छ। जन्म थलो बाट चुनाव उठ्नु भएको उहाको उम्मेदवारीले जनतामा उत्साह बढे सगै कार्यकर्ता चुनावी प्रचारप्रसारमा होमिएका छ्न।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...