यो यतिखेर तराई मधेशको हरेक जिल्ला गाउँ शहरहरुमा लोकप्रियता पाइरहेको देखिन्छ । तर भन्ने कतिपय ठाउँमा झिझिया नृत्यकै नाउँमा छाडा प्रस्तुति पनि भैरहेको देखिन्छ । कला संस्कृतिको सुन्दर गहनाकै रुपमा रहेको झिझिया मधेश तथा मिथिलामा यसको संरक्षण हुनु जरुरी देखिएको छ । यसकै नाममा भैरहेको छाडा अश्लिलता प्रस्ततिुकरणहरुमा रोक लगाउँदै यसको बिकासमा समाज देखि राज्य राष्ट्रका हरेक तहतप्का बाट संरक्षण पर्वधन हुनु अति आवश्यक देखिएको छ ।
मधेशको सिरहामा पनि झिझिया
लोकरञ्जनका साधनहरु मध्ये मधेश मिथिलामा चेलिबेटिहरुले गरिने झिझिया नृत्य पनि एक महत्वपुर्ण साधन संस्कृति हो । जुन सिरहाको पनि हरेक गाउँ शहरमा व्यापकता पाईरहेको छ । सिरहाको बिष्णुपुर गाउँपालिकामा बिजयादशमिकै अवसरमा गाउँपालिका स्थित हरेक वाड गाउँ बजार देखि करिब दर्जनौ समुहहरु बिचमा झिझिया नृत्य गराएको छ । दुर्गा मेला लगाउने क्रममा नै बिभिन्न झिझिया समुहहरु बिच प्रतिस्पर्धा गराएको छ ।
झिझिया समुहरु बिच गराइएको प्रतिस्पर्धाले यस झिझिया नृत्य प्रति नर्तकि र झिझिरीहरुमा थप साकारात्मक उर्जा प्रदान हुने गरि पोत्साहित हुने तथा झिझिया बिलुप्त नहुने र संस्कृतिको बिकासमा टेवा पुग्ने अधार अपनाएको अगुवाहरुले बताउँछन ।
यसै अनुरुप बिष्णुपुर गाउँपालिकामा बिभिन्न झिझिया समुहहरु बिच प्रतिस्पर्धा गराएको छ । प्रतिस्पर्धि समुहहरु ः मां दुर्गा, मां बैष्णो देबि, बजरंगबलि, भगबान, डिआरभि,पिता प्रमेश्वर,जमुवा र सल्हेश झिझिया समुह बिच प्रतियोगिता गराउँदै उनि समुहहरुलाई सम्मान रुपमा पुस्कार पनि बितरण गरिएको छ । दुर्गा मेला कमिटिका अभ्यक्ष किसुनदेव यादवको नेतृत्वमा लगाइएको मेला र सो मेलालाई सभ्य भव्य पार्न आयोजना गरिएको मधेसकै एक संस्कृति झिझिया नृत्य हजारौं हजार दर्शकहरुको बिच सम्पन्न गरिदै
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले झिझिया समुहहरुलाई नगद राशि तथा चान्दीको तक्माका साथ पुरस्कृत पनि गरिएको मेला समितिहरुले बताए । समितिका अध्यक्ष किसुनदेव यादवले भने बिगतका वर्षहरुमा लागिदै आएको मेला यसपालि भव्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको बताए ।
हजारौ हजार दर्शकहरुको बिचमा सम्पन्न गरिएको यस मेला कार्यक्रममा यहाँका प्रहरि प्रशासन,अगुवा बुद्धिजिवि,पत्रकार,भद्रभलादमि तथा समाजसेविहरुको भुमिका सराहनिय रहेको मेला कमिटिका अध्यक्ष यादवले बताए ।
चन्दा र मेला
हाल देशमा तिन तहको सरकार रहेको छ । तिन तहको सरकारले आ आफना दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारि उनिहरुको हातमा छन । बिकासका पुर्वाधारहरु लगायत धर्म संस्कृति,कला कौशल उदमि व्यबसाय सम्पुर्णको लागि बजेट योजनाहरु यस भित्रै परिरहदा पनि मेला संस्कृति बचाउको नाममा चन्दा असुल्ने कामहरु पनि धेरै ठाउँमा भएको छ । यसलाई निरुत्साहित गर्ने काम प्रयासहरु अगाडि बढनुपर्ने आजको आवश्यकता छ । स्रोत साधन नभएको अवस्थामा चन्दा असुलेर भएपनि संस्कृतिको रक्षा बचाउ गर्नुपर्ने हुन्छ । तर यतिखेर सबथोक हुदै गर्दा संस्कृति बचाउ भन्दा पनि चन्दा असुलिलाई मनोरञ्जनको रुपमा लिनु र उत्सव मनाउनु आउने समयको लागि बेथिति नै हो । त्यसैले आजको समयमा चन्दा हुन्छ अनि मेला लाग्छ र संस्कृतिको बचाउ हुन्छ । सोच्नु गलत हो । यतिखेर चन्दा र मेला उत्सब पर्यावाचि नभई एक अर्काको विपरित हो । बुझनु पर्दछ । यसको उचित नियन्त्रण जरुरी ।i
नृत कि नृत्य
मधेसको गहनाको रुपमा रहेको झिझिया संस्कृति नृत होइन । नृत्य हो । खासगरि अबैबाहिक युवतिहरु शक्तिस्वरुपा माता दुर्गालाई रिझाउन यस किसिमको सभ्य नृत्य प्रस्तुत गर्ने गरिन्छ । यो नृत तथा कुनै नाटक होइन । कतिपय ठाउँमा नृतको रुपमा यसलाई प्रदर्शन गरेको छ ।जुन सभ्य संस्कृतिको बाधक हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Pradeshtimesdainik.com - All rights reserved