अश्लीलताको उतेजनामा भरिएको समाज,अशिललता लाई प्रोत्साहित गर्ने कार्यबाहिको भागिदार हो

  • आश्विन २, २०७९
  • ७०९ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहाको विभिन्न गाउँ सहर बजार अश्लीलताले झाँगिदै गएको छ । गाउँ गाउँमा यतिखेर पुजापाठ मेलाको नाममा अश्लीलता बिकृती बिसँगतिहरु लत्रीदै कुसंस्कारको जड मजबुत हुदै गएको छ प्रमपरागत रुपमा रहेको कला सँस्कृतिहरुलाई बिस्थापन गरिदै सँस्कृतिको आधुनिक बिकासमा देखिएको उतेजनामुलक नाचगान कला शैलीहरुले समाजमा नाकारात्मक छाप कायम गर्दै गइरहेको देखिन्छ । नाकारात्मक उतेजनामा नर्तकी नाचामा दर्शकहरू, ज्यु, ज्यानको प्रवाह नगरी झडप र भिडन्त पनि गर्ने गर्दछ । अनैतिक नाकारात्मक उतेजनाको बसिभुत भै उनिहरु हातखुट्टा तोड्ने टोडबाउने सम्मका कामहरू पनि गर्ने गर्दछ । जो उचित संस्कार ,मानिसको सकारात्मक सोच तथा समाजिक रुपान्तरणको बाधक नै हो । हालै असोज १ गते बिश्वकर्मा पुजाको अवसरमा बिष्णुपुर गाउँपालिकाको वाडा नम्बर ३ राजोखर बडकी पोखरीको डिलमा आयोजित आरकेस्ट्रा लबन्डिया नचाउँदै झडप भएपछि करिब एक दर्जन दर्शकहरू सहित समितिहरु घाइते भएका छन । घाइतेहरु कोहि बिराटनगर त कोहि सिरहा अस्पताल पुगेका छन । झडपकै निहुँमा एक जना स्वस्थका स्थायी कर्मचारी पक्राउ पनि परेका छन । पक्राउ पर्ने बिष्णुपुर गाउँपालिका स्थित वाडा न ३ मा रहेको अधारभुत अस्पताल राजोखरको डक्टर बिरेन्द्र कुमार मन्डल रहेको जानकारी भएको छ । आयोजक कमिटी माथी तुरुन्त कार्यबाही गरियोस । कार्यबाही गर्ने प्रहरी प्रशासनको फितलो शान्ति सुरक्षाको कारण सिरहाको विभिन्न गाउँ शहरहरु यतिखेर त्रसित नै भएको छ । समाजमा झगडा झडप विभिन्न स्वरुप र प्रकृती भैरहदा धेरै ठाउमा सरोकारवाला प्रहरी र तिनका जिम्मेवारहरु पनि दोषी हुन्छन् । राजोखरमा बिश्वकर्मा पुजाको अवसरमा साँस्कृतिक कार्यक्रम गरियो । आयोजक कमिटीले साँस्कृतिक कार्यक्रम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहमा आयोजक कमिटीका सन्तोष यादवले निबेदक बन्दै कार्यक्रम गर्न अनुमति माँगे ।   सिरहाको सिडियोले जिल्ला प्रहरी कार्यालय सिरहामा पत्र काटे । ततपश्चात जिल्ला प्रहरी सिरहाले पनि ईलाका प्रहरी बिष्णुपुरलाई साँस्कृतिक कार्यक्रमको नाममा राजोखरमा हुने नर्तकी नाछ लबन्डिया आरकेस्ट्रा नाचमा शन्ती सुरक्षा गरिदिने भन्ने आदेश गरिरहदा।नाचमा अश्लीलताको विरुद्धमा अवाज उठेपछि ।झडप र भिडन्त सम्म पनि भए ।जहाँ दर्जनौ घाइते भएका छन ।यसले सिरहाको जिम्मेवारहरु पनि दोषी नरहेको प्रशन खडा भएको छ । चाडपर्व पर्व तिहार उत्सब मनाउने तराई मधेसको मानिसहरूको लोक संस्कृति नै हो ।यसको रक्षा गर्दै वृद्धि बिकास गर्नु हामी सबैको परम कर्तव्य हो । तर यसकै नाममा अशिललता लाई प्रोत्साहित गर्नु । संस्कृति विरुद्धको अपराध नै हो ।त्यसैले यस घटनामा संलग्न सबै दोषी अपराधीहरुलाई कार्यबाही गर्नु सरोकारवाला निकायको दायित्व हो । यदि सरोकारवाला र शान्ति सुरक्षाका जिम्मेवारहरु नै चुक गरिएको छ भन्ने आत्मलोचना सहित कार्यबाहिको भागिदार हो ।जिम्मेवारहरुको माथिल्लो निकायलाई पनि कर्तव्य र जबाफदेहिताको बोध होस ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...