किसानहरुलाई अनुदान र सुबिधाहरुमा नजरअन्दाज नगरियोस

  • भदौ १०, २०७९
  • ८२६ पटक पढिएको
  • राम पुकार यादव
alt

म तिनै किसानको बारेमा लेख्न गएको छु ।जो एक समान्य परिबारको एक लगनशिल,शुशिल,कर्मठ किसान हुन्छ । उ पशुपालन गरि हजारौको गोबर मल,लाखौको दुध बेच्छन । किसानको आकर्षन,भरोषाको केन्द्र नै हुन्छ । जसलाई पशुपालन गर्न प्रोत्साहित गर्ने हरेक तह तप्काको सरकार ,पशु व्यवसाय सम्बद्घ कार्यालयहरु सुबिधा र अनुदान बाट नजरअन्दाज गरेको हुन्छ । जो हुन सिरहाको नरहा स्थित ३५ बर्षिय सत्य नारायण यादब । हेरौ तिनै समान्य किसनको पशुपालन व्यवसायिकरण लगनशिलताको कथा ।
राम पुकार यादव÷सिरहा । आफनै मुलुकमा काम पाउन सजिलो हुदैन । देश भर्खर भर्खर आँशिक संकट थेगिरहेको हुन्छ । अर्थतन्त्र सबल भएको हुदैन । राजनितिक उतावचढाब र बिभिन्न समय परिपेक्ष,प्रतिकुलताहरु सँग जनता जुध्दै कानुन अभ्यासमा जुटेको हुन्छ । को कता कता हुन्छ । गाउँबस्तिहरुमा रोजगारि पाउन कठिन नै भएको हुन्छ । आफनै दिनचर्याको ख्याल गरि रोजगारिको शिलशिलामा काम खोज्दै भारतको पँजाब पुग्छन,सत्यनारायण । २८ बरर्षको कलिलै उमेरमा परिबारिक जोहो धान्न पडोसि मुलुक पँजाव पुगिएको सत्यनारायण,पजाँबमा पनि कृषि काम नै पाउँछन । हेर्नमा शुशिल ब्यबहारमा इमानदार शालिनताको सत्यनारायण काम गर्न बडो फुर्तिलो हुनछ । समानय लेखपढ हुादाहुदै पनि उ कुरो बुझन जानकार हुन्छ । उ सँग तिखो बुद्धि हुनछ । धेरै समय नभएपनि आज भन्दा सात बर्ष पहिले अर्थात बिक्रम समबत २०७२ सालमा रोजगारिको शिलशिलामा भारतको पंजाब रुचाएको सत्यनारायणलाई पशुपालन तिरको अवगत नराम्रो हुदैन । उ पशुपालन गर्न दक्ष नै हुनछ ।उले आफ्नो दक्षताको पहिचान कहि पनि गुमाउदैन । उसले पशुपालन सम्बन्धि अनुभब राम्रो पाउँछ , पंजाबमा । उ लगनशिलताका साथ कमाउाछन पंजाबमा ।आमदालि पनि कामको अधारमा निकै गर्छन । उ घर परिबारको माया प्रिति बाट पनि टाढिएको हुदैन । केह समय काम गरि आमदानि गरेको पैसालाई घरमै सदुपयोग गर्नै सोच गर्छन । अनि आफ्नै घरको मायामा जिन्दगि ब्यतित गर्न घर फर्किनछ । घर फर्किएर सतयनारायण एक कृर्षि तथा पशुपालन फर्म दर्तामा जुटछन । एउटा पशुपालन फर्मको दर्ता गराउाछन । उ पशुपालन व्यवसायमा लागछन । गाउँबस्ती नभएको ठाउँमा घर बाहेक उसको अलिकति जग्गा हुन्छ ।जहाँ मानिसको बस्ति आइपुगेको हुदैन । त्यस ठाउँमा घर बनाउँछन । दुइ चार पाडा पाडि पोस्छन । पशुपालन कार्य सँचालन गर्छन । कृर्षि पेशामा बिश्वास गर्ने इमान्दार आफनौ दक्षताको उपयोग गर्छन । आज पशुपालन फर्म सँचालनको चार पाँच बर्ष नपुग्दै महिनाको हजारो हजार मल र दुध बाट आम्दानि गर्न भ्याएका छन । उ महिनामा पचिसौं हजारको गोबर मल र लाखौ रपैयाको दुध उत्पादन गरि बेच्छन । आत्म निर्भता र स्वरोजगारिमा बिश्वास गर्ने पशुपालन कृषिृ पेशा अपनाएका सत्यनारायण किसान समाजको एैना नै बनेको छ । किसानि पेशा तथा पशुपालन बाट पनि मानिसको दिनचर्या परिवर्तण हुन सक्ने र यसले समाज देखि राष्टको अर्थतन्त्र बिकासमा गरिमामय भुमिका निर्वाह गर्न सकिने उदाहरण ने बनेको छ । उसले गरेको यस पेशालाई देखेर झनै किसानहरु लोभ्याएका छन र उनिहरु पनि पशुपालनको लागि कुखुरा, राँगा, भैंसि बाख्रा फर्म दर्ता गराई कृषि पेशामा अनधाधुन्ध जुटेका छन । सत्यनारायणको पशुपालन पेशा बाट समाजका कैयौं किसानहरु प्ररित भएका छन । गाउँ देखि शहर बजारका बस्तिहरुमा आज पशुपालन जताततै देख्न मिल्छ । तर भने पशुपालन पेशामा लागेका सत्यनारायणलाई सरकारी सुबिधा र अनुदानहरु भेटिदैन । सरकारी तवर बाट नै नजरअन्दाज गरिएको छ । उस सम्म सरकारि अनुदान सम्बन्धि सुचनाहरु पुग्दैन ।कहाँ निस्किन्छ सुचनाहरु,कसले निकाल्छ सुचना, को हो सरोकारबला ? “गैर जिम्मेबारहरुको राज्यमा किसानको बास” भनिएको छ । सत्यनारायण यादव । पशुपालक किसान सत्यनारायण भन्छ आज पनि सोर्स,पैसाबला र राजनितिक पहुँचबलाको नै बोलबला छ । समता, समानता,सम्मान ,मानिसको काम,पेशा र लगनशिलताको अधारमा मुल्याँकन गरि प्रोत्साहन गर्ने परम्परागत पेशाको बिकास गर्ने,कामको अधारमा प्राथमिकता दिने भन्ने सरकारि नियत नितिको खाँचो नै छ । पशुपालन पेशामा संघर्षरत लगनशिल कृषि पेशामा भरोसा गर्न समाजको उर्जाको रुपमा रहेको सत्यनारायणलाई सुबिधा र सरकारि अनुदानको प्राथमिकतामा नपारिनु गैरजिम्मेबारी,लापारबाहि,सुशासन भन्ने चिज नरुचाउनेहरुको काम नै हो । समाजमा पेशागत रुपान्तरण , पशुपालन, व्यवसायीकरण तथा बिबिधिकरण जस्ता निति कार्यक्रम योजनाहरुले कमजोर समाज,न्युन कृषि उत्पादकत्व उब्जनि योग्य खेतबारि तथा बाँझो जमिनहरु लगायत मानिसको दैनिक दिनचर्या जस्ता समस्याहरुलाई न्युनिकरण गर्न असहज हुदैन । तर भने स्थानिय,प्रदेश र संघिय सरकार यसको सवालमा मौन मात्रे होइन सत्तास्वार्थमा लिप्त देखिएको छ । यदि त्यसतो छैन भने कृषि प्रधान मुलुकमा गाउँबस्तिकै सत्यनारायणको खोजि खै ? किन दुरदराजमा ठेलिएको छ सिरहाको नरहा गाउापालिकाको संघर्षशिल सत्यनारायण ? किसानि पेसाको लागि प्रेरणाको स्रोतको रुपमा नै समाजमा चिनिएका ३५ बर्षिय सत्यनारायण्न पशुपालन सँग सरोकार राख्ने तिने तह तप्काका सरोकारबलाहरु गैर जिम्मेबार भएको र उनिहरु हुनेखानेको हो भन्छन । कृषि प्रधान मुलुकमा किसान र किसानी पेशालाई नजरअन्दाज गरि हिन्नु र कृषि व्यवसायहरु बाट राजश्व संकलन गरि समाज र देशको बिकासमा जुटेको छु भन्नु किसान माथि भेरहेको एक अनैतिक अपराध नै हो । भन्छन सत्यनारायण । आधुनिक कृषि यान्त्रिकिकरण सम्बन्धि कानुन मापदणड तर्जुमा र नियमन,कृषि खाध एवम पशुसम्बन्धि प्र्त्यायन प्रमाणिकरण,बिकासर ब्यबसथा सम्बन्धि कानुन मापदण्ड र नियमन गरि तिनै तहको सरकारले यसलाई ब्यबस्थित गर्ने दायित्व बाट राज्य खिचातानिमा त छैन ? किसानहरुको पिडा उठिरहदा सरकारको ध्यान खै ? वास्तवमा सरकार निरिह,असक्षम,नै हो त ? कता कता आफ्नो मन मुटुमा पनि सिरहाका स्थानिय सरकारहरु लगायत प्रदेश र सघिंय सरकारको मातहत रहेको कार्यालयको जिम्मेबारहरु प्रति खेद उठेर आउँछ । त्यसैले सरकार सत्यको बाटो सक्रिय छन भने सिरहा जिल्लाको नरहा गाउँपालिका स्थित एक गाउँबस्ति कै पशुपालन पेशामा लगनशिल संघर्षरत इमान्दार सत्यनारायणले पशुपालन क्षेत्रमा आबश्यक रुपमा पाउन सकिने राहत सुबिधा राज्यको अनुदानहरु बाट नजरअनदाज नगरियोस ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...