नेपाल सद्भावना पार्टीकी पूर्वनेतृ सरिता गिरीले सिरहा क्षेत्र न.१ बाट लडने

  • भदौ ९, २०७९
  • १५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान । नेपाल सद्भावना पार्टीकी पूर्वनेतृ सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि सिरहा १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत सो घोषणा गरेकी हुन् । ‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो,’ गिरीले लेखेकी छन् । गिरीले आफूलाई सहयोग गर्न सबैसँग आह्वानसमेत गरेकी छन् । गिरीले हिजो बुधबारमात्र नेपाल सद्भावना पार्टी परित्याग घोषणा गरेकी थिइन् । नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको चाहनाअनुरुप आफूले पार्टी परित्याग गर्ने निधो गरेको उनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...