समाजसेवी नेता महेश चौधरी निरन्तर बिपन्न असहायहरु सँग

  • पुस २३, २०७८
  • ७४६ पटक पढिएको
  • संजय बिश्वकर्मा
alt

प्रदेश टाइम्स पुस २३। समाजसेवी नेता महेश चौधरी निरन्तर लहान नगरपालिकाको बिपन्न असहायहरुको आपत बिपतमा साथ रहेका छन ।हाल सम्म पनि उहाँले समाजसेवाको कार्यलाई निरन्तरता दिनुभएको छ र बाँचुन्जेल सम्म पनि उक्त कार्यलाई जारी राख्ने प्रतिबद्धता गर्दै आईरहेका छन् । कोरोना महामारीको बेला विपन्न बस्तिहरुमा राहत बाँड्दा बाँड्दै गत २०७८ जेष्ठ २२ गते चौधरीको श्रीमति संगिता कर्माचार्यको उपचारको क्रममा झापाको एक अस्पतालमा निधन भयो । श्रीमतीको समाजसेवा प्रतिको मोहलाई जिवित राख्न सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कार्य गर्ने चौधरीले प्रतिबद्धता गरे । सोही बाचालाई कर्यान्वन गर्ने क्रममा आज लहान नगरपालिकाको वडा नम्बर - १२, १५, २२, र २४ मा करिब दुईसय जना विपन्न परिवारलाई कम्बल बाँडेका छन् । स्थानीय सरकारलाई मतलब छैन् । चुनावको समयमा गरेका प्रतिबद्धता स्थानीय सरकार बिर्से , उनिहरु सत्ताको मोहमा रमे । यस्तो चिसोमा पटक्कै आउदैन् । 'तर , समाजसेवी महेश प्रसाद चौधरी सरकारी पदमा नभए पनि आउँछन् , दु:ख , सु:ख बुझ्छन् , बाँड्छन् , 'अधिकांश विपन्न परिवारहरुले भनेका छन् ।' केही दिन यता तराईका जिल्लाहरुमा बढ्दो चिसोको कारण जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरु प्रभावित छन् । छाक टार्न समस्या रहेको उनीहरुको न्यानो कपडाको अभाव छ ।समाजसेवी चौधरीले कम्बल दिएपछि उक्त परिवारहरु खुसी भएको छ ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...