सिरहाको तत्कालीन एसपी हिरा बहादुर पाँडेले गरेको अपराधिक कार्य विरुद्ध सिरहा कांग्रेसले बिग्यप्ती जारी गर्दै ,गरे कार्यबाहिको माँग

  • पुस २०, २०७८
  • १०५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा, पुस । नेपालि काँग्रेस सिरहा जिल्ला कार्यसमितिले जिल्लला प्रहरी कार्यालय सिरहाका तत्कालिन प्रमुख हिरावहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कार्यवाही गर्न सरकारसँग माँग गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नपा ९ जिरोमाईलस्थित घरमै आइतबार मध्यराती पुगेर एसपी पाण्डेले अमर्यादित गालि गलैज गर्दै गोलि ठोकेर मार्छु भन्ने धम्कि दिएको भन्दै एक प्रेस विज्ञप्तीमार्फत तत्काल कार्यवाहीको माँग गरेको हो ।प्रदेश  जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवको संयु्क्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा एसपी पाण्डले सभापति यादवलाई ‘मिमिले मलाई सरुवा गरायौ, म तिमिलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटक पटक पेस्तोल तेर्साएको उल्लेख गरेको छ । मादक पदार्थ समेत सेवन गरेका पाण्डेले सभापतिलाई गालि गलौज गर्दै पटक पटक पेस्तोल तेर्साएको र मार्ने धम्कि दिईरहेकै वेला नजिकैको प्रहरी चौकीबाट आएका प्रहरीहरुले एसपी पाण्डेलाई गाडिमा हालेर लगेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...