लाशको राजनीतिको प्रतीक्षामा जनमत पार्टीको नेता डा.सिके राउत

  • पुस १६, २०७८
  • ५४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम पुकार यादव (सम्पादक)/प्रदेश टाइम्स दैनिक सिरहा ।सरकार चुनाव गराउने तरखरमा छ। उता अभियान बाटै जनतालाई मुक्ति गराउने बैज्ञानिक ड.सिके राउत आफ्ना बिखन्डणकारी मुद्दालाई केपि ओलिको सरकार रहेको बेला मुद्दा  बिसर्जन गर्दै हाल जनमत पार्टी दर्ता गराएर आन्दोलनमा छन। चुनावको बेला मुद्दा बिहिन बनेको राउत आजकल विभिन्न राजनीतिक मुद्दाहरुको खोजीमा जुटेका छन। राउत आजकाल मधेसमा रहेको किसान ब्यपारी समेतलाई चिन्न प्रयासमा जुटेका छन।तर भन्ने जुन अधार र मुद्दाहरु खोजी जनतालाई आफू केन्द्रित बनाउन खोजेको हो यी अधार र मुद्दाहरु नौलो होइन। उहाँले तराई मधेशका किसान र ब्यपारीहरुलाइ आफू केन्द्रित गर्न किसान आन्दोलन ,ब्यपार आन्दोलन गरिरहेको बेला तराइ मधेसमा मात्र होइन सर्बत्र बिरोध भैरहेको देखिन्छ।उनले किसान पक्राउ परे पछि आफ्ना कार्यकर्ता पकाउ परेको रिहाईको माँग राखदै आन्दोलनमा जान कार्यकर्तालाई आदेश गरे।यतिखेर कार्यकर्ता रिहाई भएपनि आन्दोलन भन्ने समस्या बाट जनता फुर्सद पाएको छैन। सन्दर्भ के जोर्न चाहन्छु भने सिरहाको औरही गाउँपालिकामा किसानलाई समयमै गेहुँ बीउ उपलब्ध नभएपछि किसानहरू आफैले गेहुँ बीउ लगे। त्यसमा बिउ लुटेको आरोपित बन्दै सिके समर्थित कार्यकर्ता र किसानहरू पक्राउ परे।जनमत पार्टी सिरहाले नेतृत्व गर्न अग्रसर हुँदै किसान रिहाइको माँग गर्दै सिरहा बन्दको घोषणा गरे।शान्तिपुर्ण स्वरुपमा घोषणा गरिएको आन्दोलनमा विभिन्न ठाउँ र बजार शहरहरुमा गाडी तोडफोड आगजनी समेत गर्न पछि हटेन। आक्रोशमा सिरहाको प्रशासनले पनि निकास दिनुको साटो निषेधाज्ञा जारी गरे।सिरहा प्रशासनले पनि बाँध नै लगायो।बाटो खोल्ने मजबुत अधार दिएन।पछि सिरहाको राजनिती दलले संयुक्त रुपमा बहस चलाउँदै बैठक बसि किसानहरुको रिहाई गर्नु पर्ने धारणा सार्वजनिक गर्दै संयुक्त बिज्ञय्पती जारी गरे।परिणाम स्वरुप सिरहा प्रशासनले कार्यकर्ता सहित किसानको रिहाइ गरे।यति भैसकेपछी राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन किनारा लाग्नु पर्थ्यो। तर किनाराको साटो झन १२ बुंदे मांग सार्वजनिक गर्यो।यसले किसान र कार्यकर्ताको रिहाइ होइन उनले चुनाव खेल्न किसानको लाशको कमि भएको र त्यसको प्रतीक्षामा बसेको प्रष्ट झल्किन्छ । राजनिती दलले पनि जनता फुर्सद पाएको बेला मौसम खोजी राजनीति मुद्दाहरु उठाउने सोच पुरानो होइन।यो जनतलाइ भर्ममा पार्ने खेल मात्रै देखिएको बुझिन्छ ।सिके राउतको राजनीति बिचार जनमुखी शैलीको देखिएन। नेनसन मण्डेला र महात्मा गाँधिको बिचारलाई नेपाली जनतामा संस्था गत गर्ने भनेको पार्टी नेतृत्व चुनावको मुखमा त्रास महसुस गर्दै उग्र उर्जामा आएको जनताको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...