चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवाको प्रचार गरी खेलाउँदै

  • असार २२, २०७८
  • २०४ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौँ । काठमाडौँको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका १७ ज्याठास्थितको गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

आज परिसरमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले ज्याठाबाट सोमवार राती ४ जना चाइनिज नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।

एसएसपी सिंहका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए । ‘एक जना चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवा खेलाउँदै आएका रहेछन्’, एसएसपी सिंहले भने, ‘माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला परेको छ।’

प्रहरीले उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी बरामद गरेको जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...