लकडाउनको मौका छोपी काठको तस्करी बढ्यो

  • असार १४, २०७८
  • ४१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - केही दिन पहिला लुकाई राखेकाे अवस्थामा प्रहरीले अवैध जंगली काठ बरामद गरेकाे थियो । कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा दुई लाख उनन्तीस हजार बराबरकाे का ६५.४४ कयुफिट काठ प्रहरी चैाकी ठकुरपुरबाट खटेकाे टाेलीले केहि दिन अघि बरामद गरेकाे थियाे । नेपाल-भारत सीमा क्षेत्रमाकाे जंगलबाट दिनहुँ अवैध कालो शिसम, टिकका काठ तस्करी हुँदै आएकाे छ । नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेकाे स्राेतले जनाएकाे छ ।यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ । तस्करहरुले भारतीय जंगलबाट नदीकाे किनारा हुँदै नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चाेरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्याेगहरुसम्म पुर्याउछन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ तस्करी भईरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...