अनलाइन कक्षाको माध्यम बाट योग सहितको शारीरिक व्याम गरि सहभा लाभान्वित

  • जेठ २९, २०७८
  • ४०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ । जीवन विज्ञान झम्सिखेलद्वारा सन्चालित अनलाइन कक्षाका माध्यम बाट योग सहितको शारीरिक ब्याम गरि कक्षाका सहभागीहरु लाभान्वित भैरहेका छन ।एका बिहानै हरि उँ शब्द को गुन्जलले उनिहरु शारीरिक मानसिक तन्दुरुस्ती महसुस गर्दै आफ्नो शरीर स्वस्थ्य बनाइरहेका छ्न। कोरोनाको यस्तो त्रासको अबस्थामा शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाउन यस्ता अभ्यास बढी भन्दा बढी लाभकारी हुने भएकाले यो अभियान अझै व्यवस्थित ढंगले अगाडि बढाउने उद्देश्य रहेको गठित समितिका अध्यक्ष एकनारायण काफ्लेले बताउनुभयो । जुम प्रबिधिबाट सिकाइने योग अनि ध्यान विधिको यो कक्षाको क्षमता पछिल्लो समय झन्डै तीन सयको रहेको अध्यक्ष अर्यालले जानकारी गराए । अहिलेसम्म सय जनाले सहभागी भै स्वस्थ्य जिवनको अनुभुती गरिएको यो अभियानमा अब तीन सय जना जोडिन सक्नेछ्न। आफ्नो श्वासप्रश्वास क्षमता बढाउन र शरीर फूर्तिलो बनाइ स्वस्थ बन्न चाहानुहुने जो कोहीले यो अभियानमा जोडिन सकिने कोषाध्यक्ष मनोज थापाले सम्पत्ति न्युजलाई बताउनु भयो। प्रशिक्षणमा रिता न्यौपाने र श्रीजना श्रेष्ठले रोचक र प्रभावकारी ढंगले प्रशिक्षण दिने गर्नुभएको छ। बिहान चार पचास बाट शुरुहुने यो कार्यक्रमले मुख्यतः आन्तरिक उर्जा प्रवर्धन गराउने छ। यस्तैगरि सांगितिक शक्ति सञ्चालन, प्राणायामका साथमा, हास्य, हुकार नृत्य ध्यान सवैको समागम जीवन अमृत ध्यानविधि, समापन पछि केहि समय पृष्ठपोषणको लागि पनि समय समेटिएको छ। आवश्यकता अनुसार, जुम खुल्ने समयः बिहान ४ः५० बजे कार्यक्रम सुरु ५ः०० वजे समापनः ६ः३० बजे हुने आयोजक समितिले जनाएको छ। अहिलेको यस्तो परिस्थितिमा यो अभियानमा जोडिएर शारीरिक र मानसिक लाभ लिन इच्छुकहरुलाई आग्रह गरिएको छ। सिट सिमित भएकोले जोडिएका सबैले आआफ्नो सम्पर्कमा रहेकाहरुलाइ सहभागी गराउन मद्दत गरिदिनुहुन प्रशिक्षक रिता न्यौपानेले अपिल समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...