सरसफाई अभियान आषाढ़े बजट कार्यक्रम होइन नि .. लॉकडाउन र ऑनलॉकमा सरसफाई अभियान र अभियन्ता

  • जेठ २५, २०७८
  • ६९९ पटक पढिएको
alt

 
हाम्रो सरसफाई अभियान पूर्ण रूपमा महा -अभियानको स्वरूपमा परिवर्तित हुदैछ । हामी स्वयंसेवी रुपमा सरसफाई अभियानहरु गर्दैछौं । सरकारको आषाढ़ बजट कार्यक्रम जस्तो सरसफाई लाई बनाउन प्रयास न गरौं । काम भयो या भएन , योजना सक्यो की सकेन जस्तो नैतिक बाध्यता हामी संग छैन । बिल भुगतनी लिनु पनि छैन । आषाढै बजट न भएको ले निर्धारित तिथि र मितिमा गर्न र स्काउनु नि पर्ने कानूनी बाध्यता हामी सरसफाई अभियन्ता संग छैन । राष्ट्र र मानवताको लागि हामी गर्ने कार्य हो सरसफाई अभियान । तयहिं कारण मानवताको लागि अनुकूल समय भएको बेला मात्र समाजिक कार्य गरौ । अहिले घर बाहिर निस्किनु र भीड़ गर्नु पाप हो ।
बैश्विक महामारी कोरोनाले जनजीवन अस्त व्यस्त भएको छ । लॉकडाउनको अक्षरशः पालनाको कारण हाम्रो अभियान केहि मात्रामा प्रभावित भएको हो । कोरोना काल सम्मको लागि अभियान स्थगित एबम अभियानको स्वरूप परिवर्तन हाम्रो लागि चिंता र अभियान बिफलताको बिषय होइन बुझनु पर्ने हो ।
हाम्रो अभियानमा हामी अभियन्ता लाई लामो लामो समयको बंद हड़ताल , सार्वजनिक बिदा , दशै ,तिहार , छठ जस्तो दर्जनों आस्था ,धर्म र संस्कृतिक महत्व भएको उल्लासित दिनहरु , बरसा को झड़ी , चिसोको हस्र कठैनग , गर्मीको लु , भूकम्प आदी इत्यादि प्राकृतिक आपदा बिपदा , कर्फ्यू , नाकाबंदी , सूर्यग्रहण जस्तो समयले पनि अभियानमा शामिल हुन बाधा , अबरोध र रोक छोक गर्न सकेको छैन ।
सबै अभियन्ताको अभियान प्रतिको समर्पण र निरंतरता सरसफाई अभियान लाई राष्ट्रव्यापी र महाअभियान बनाउन उन्मुख भएको हो । अस्ति सम्म हामी बिरामी भएको बेला पनि उच्च आत्म मनोबल र राष्ट्र प्रतिको समर्पण भावका कारण अभियान स्थलमा पुग्नु नै आफ्नो सौभाग्य समझिन थिए । हाम्रो उपस्थिति भए म पनि सरसफाई को सफल यौद्धा छू भने अनुभूति हुन्थियो । साथै आफ्नो आउने संतति र पुस्ता लाई उत्साहित गर्न जूनसुकै परिस्थितिमा पनि समाजिक रूपांतरण को अभियान मा हाम्रो उपस्थिति होस र हामी शामिल हुन् प्रयास गरौ भन्ने संदेश दिन प्रयास गरथिए ।
हामी आफ्नो जीवनमा सामान्य ढंग बाट लिदै आएको रोग हरु जस्तो छींक , जोरो यानी शरीर को तापक्रम बढ़ने घटने , जिउ र घंटी दुखने , नाक ले सुगंध र दुर्गंध छुटयाउन न सकने जस्तो रोग लागेको बेला अभियान छोड़र्नु हुदैन त्यस्तो हामी प्रयास गरथिए । तर कोरोना को अनुभूति भए पछि उपर्युक्त लक्षण भएको रोग लागे को बेला अभियानमा शामिल हुनु अब पाप हो जस्तो लाग्न थाल्यो । डॉक्टरको सल्लाहमा औषधि र होम कोरेन्टीन बसेर आफ्नो दर्जनों अभियन्ता साथी लाई आफू जस्तो संक्रमित रोग न हुन दिनु जस्तो पुण्य कार्य गर्न जस्तो एउटा ठुलो नि पाठ हामी कोरोना अबधिमा सिखेको हो ।
साथै अव्यवस्थित भीड़ भाड़ पनि गर्नु हुदैन कोरोनाले सीखायो। हामी अभियानको सफलताका लागि सर्वसाधारण को अत्यधिक उपस्थिति र सहभागिताको लागि प्रयास गरथिए । भीड़ न रुचाउने भए पनि अभियानको शुरुआतमा राष्ट्रगान ,शपथ वाचन एबम समापनमा मनोरंजनात्मक कार्यको लागि भीड़ हुन्थियो । अब सरसफाई गर्ने बेला पनि झुंड बनाएर गर्ने जस्तो कार्य लाई निरुत्साहित गर्नु पर्यो । अभियानको शुरू र अंतको समारोह लाई सदैबको लागि भौतिक दूरीको पालना गर्नु पर्ने व्यवहारिक प्रयास गर्दा राम्रो हुन्छ ।
बिगत कई महीना देखि विश्व भारीका मानव जगत कोरोना जस्तो महामारीको संक्रमण ले त्रसित भएको हो । लॉक डाउन नेपालमा पनि भएको ले हामी एउटा सजग र सचेत नागरिक भएको नाता ले आफ्नो जिंदगी को प्रत्येक दिनको नित्यकर्म एबम समाजिक उत्तरदायित्व को कार्य , जस्तो सरसफाई अभियानमा लॉक डाउन को शर्त हरु अक्षरसः पालन गर्न प्रयास गरेको छू ।
अब लॉकडाउन बाट ऑनलॉक हुदैछ । ऑनलॉक भयो अब हामी घर बाट मुक्त भए , जे जस्तो गरे , रमाउनु पर्छ जस्तो खाले प्रश्न हाम्रो मनमा आउन सामान्य कुरा हो । हामी अज्ञानता र मजबूरीमा केहि गलत कार्य पनि गर्न सक्छु । तर हाम्रो सजगता र सतर्कता नि कोरोना नियंत्रणको एक मात्र मूल मंत्र हो बिरसनु पर्ने बेला भएको छैन । भक्सिन आयो भन्दैमा मूर्ख जस्तो कार्य गर्नु पर्दैन ।
शौचालय को प्रयोग , साबुन पानी ले हाथ धुने बाणी को बिकाश , व्यक्तिगत सरसफाई , घर भित्र - बाहिर र नजिकको सार्वजनिक स्थल , नदी खोला पोखरा सरसफाई एवम स्वच्छताको कुरा हामी अभियानको माध्यम ले समाजमा बिगत केहि बर्ष देखि गर्दै आएको सर्वविदित नि हो । अभियानको कारण गाउ टोल शहर नदी खोला पनि सुंदर सफा हुन थालेको हो । कोरोना काल ले 98% आबादी लाई सरसफाई प्रति जागरूक र व्यवहारिक बनाएको हो । हामी ले सरसफाईको बारेमा पढेको कितावी ज्ञान लाई पनि व्यवहारिक बनाउने काम कोरोना मजाले गर्न सफल भएको हो । सरसफाईको प्रयोगात्मक कक्षाको संचालन नै लॉकडाउन अबधिमा गर्न मानव लाई बाध्य बनाएको हो ।
औषधि को खोज न हुन सम्म कोरोना संक्रमण बाट जोगिन भौतिक दूरी , मास्क पंजा को प्रयोग , फोहर संकलन गाड़ी प्रत्येक दिन टोलमा न आएको कारण घर भित्र को फोहर आफू व्यवस्थापन , कुहीने र न कुहीने एबम प्लास्टिक जन्य फोहर वर्गीकरण , बाजार बंदा बंदी को कारण खाद्य सामग्री र साग - तरकारीको अभाव भएको ले करेसाबारीको उपयोगिता एबम कम्पोस्ट मलको उत्पादन जस्तो कार्य ले फोहरको मात्रा कम गर्न र जीवन लाई आत्म निर्भर हुन , कीटनाशक मुक्त खाद्य पदार्थको उपयोग जस्तो कुरा पनि कोरोना काल ले मजा ले सिखाएको ।
हामी सरसफाई अभियन्ताको लागि कोरोना एउटा असल साथी जस्तो भएको हो । हामी बर्षो देखि गर्दै आएको कार्य लाई कोरोना ले सहजिकरण गरिएको हो । कोरोनाले अभियन्ता र समाजको बीचमा समाजिक सम्बन्ध प्रगाढ्य बनाएको जस्तो लाग्न थाल्यो । टोलबासी को नासमझी र हठ धर्मिताको कारण अभियान लामो समय देखि हुदै आएको भए पनि लमकी राखेको थियो । कोरोनाको कारण सरसफाई प्रतिको बढ्दो जन चेतना र जागरुकताले अभियान हरुको छिटो सफलता र जिम्मेबार निकायको सरसफाई र फोहर व्यवस्थापन तिर छिटो नि ध्यानाकर्षण हुन्छ आशा जागृत भएको हो ।
हामी शुरू देखि सरसफाई अभियानको समयमा मास्क , ग्लोव्स को प्रयोग , फोहर लाई उठाउन र गाड़ी सम्म पुगाउन भौगौलिक समस्याको कारण क्रमबद्ध भई भौतिक दूरी बनाएर फोहरको सके सम्म वर्गीकरण पनि गरेर फोहर व्यवस्थापन केंद्रको फोहरको ट्रक सम्म पुगाउन , अभियानको अंतमा साबुन पानी ले हाथ मुख धुने कार्य गर्दै आएको नि हो । अब व्यक्ति- व्यक्ति र घर- घरमा यो कार्य हुदै राखेको हेरेर हामी अभियन्ता लाई उत्साहित बनाएको हो । तर लॉकडाउन खुले पछि हॉस्पिटल जन्य फोहर र प्रत्येक व्यक्ति द्वारा मास्क र ग्लोव्सको प्रयोग हाम्रो लागि एउटा चिताको बिषय भएको हो । मास्क र ग्लोव्स सृजित नया फोहरको उत्सर्जन धेरै मात्रामा हुनु फोहर व्यवस्थापनको लागि नया चुनौती जस्तो लाग्छ । अज्ञानताको कारण सड़कको किनारया सार्वजनिक स्थलमा मास्क र ग्लोव्स लाई कुरकुरे चाउ चाउ , रजनीगंधा -भोलाको खाली प्लास्टिक पैकेट जस्तो फाल्ने कार्य भए भने ठुलो महामारी को समस्या आउन सक्छ । हेर्दा मास्क ग्लोव्स सामान्य फोहर लाग्छ तर यो मेडिकेटेड , हॉस्पिटल जन्य , प्लास्टिक जन्य र संक्रमित व्यक्तिको शरीरमा प्रयोग भएको हुन सकने भएको ले फोहर उठाउने सरसफाई श्रमिक र अभियन्ताको लागि प्राण - घातक हुन सक्छ ।
मास्क ग्लोव्स जस्तो फोहर कम गर्न अबको दिनमा हामी अभियन्ता पनि डिस्पोजेबल ग्लोव्स र मास्क को प्रयोग लाई निरुत्साहित गर्ने बेला आएको हो । N - 95 जस्तो स्तरीय मास्क र लांग टाइम यूजेवल ग्लोव्सको व्यक्तिगत प्रयोग लाई प्रोत्साहित गर्नु पर्ने हाम्रो आवश्यकता हो ।
कोरोनाको कारण लाखो मनुष्यको अकाल मृत्यु भएको ले उहाँ हरुप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्न चाहन्छु । हामी स्वयं सचेत भएर जीबन-यापन गर्ने र म कोरोना संक्रमणको संवाहक / उत्प्रेरक भएर आफ्नो परिवार र समाजमा महामारी फैलन नदिनको लागि WHO र सरकार ले कोरोना विरुद्धको गर्दै आएको निर्णयहरु लाई आफ्नो शरीर माथि अक्षरसः पालना गर्नु नि दिवंगत आत्माहरु प्रतिको श्रद्धांजलि हुन्छ ।
समाजको सजग र सचेत नागरिक भएको कारण हामी एउटा सफल सरसफाई अभियन्ता हुन सकेको छू । नेपालमा पनि केहि शर्त को साथ लॉकडाउन खुखलो यानी ऑनलॉक हुने परिस्थिति हुदैछ । अरु सबै खाले छूट भए पनि सम्म सभा , सेमिनार जस्तो भीड़ भाड़ न हुनै कार्य लाई निरुत्साहित गर्ने अपील पनि फेरी हुन्छ । हामी पनि केहि समय सम्म 5 -10 अभियन्ताको सहभागितामा आफ्नो घर नजिक या अभियान स्थलमा सांकेतिक सरसफाई अभियान संचालन गर्न प्रयास भौतिक दूरी लाई ख्याल ग़री गर्नु होला । बिगत जस्तो गलती लाई रिपिट गर्न दुःसाहस न गर्नु । जून परिवारले कोरोना लाई नजिक बाट भोगेको उसलाई नि यसको पीड़ा थाह छ । तपाई र हाम्रो कारण भीड़ भाड़ जस्तो कार्य भयो र संक्रमण भएर कुनै परिवार पुनः पीड़ा भोग्यो भने हामी लाई नरक मा पनि बास हुदैन । अमेरिका जस्तो हाम्रो देश पनि केहि महीनामा कोरोना फ्री हुने छ हामी विश्वस्त हुन प्रयास गरौ । त्यसपछि पुनः हामी समाजिक रूपांतरण को लागि व्यक्तिगत प्रयास गरौला ।
पूर्ण ऑनलॉक भए पछि अभियानको बृहतता एबम सफलताको लागि शुभकामना दिन चाहनछू । जय सरसफाई
धीरेन्द्र कुमार साह , सरसफाई अभियन्ता

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...