मालारानीकाे जंगलमा भीषण आगलागी,मानवीय तथा पशुचौपायकाे क्षति दिपेन्द्र

  • चैत्र २५, २०७७
  • १२१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री ,२५ चैत्र-अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नः२ र ३ काे जङ्गलमा आगलागी भएको छ। दुईदिन देखि वन र खरेनमा आगलागी भएको हो। जंगलमा हिज अर्थात २४ चैत्रमा आगलागी भएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि अाज आगलागी भएको ईलका प्रहरी कार्यलय खनले जनाएको छ। भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भए पनि अहिले अागाे नियन्त्रणमा अाएकाे प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयाे। मानव बस्ती नजिकैको दूरीमा आगलागी भएको थियाे ।अागाे बाट उक्त स्थानका २४ वटा घर सम्म जाेखिम रहेका थिए। तर सबैकाे पहलमा अहिले जाेखिम मुक्त रहेकाे उहाँले बताउनुभयो । आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति भएको छ। स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि ,शिक्षक लगायत स्मार्ट युवा क्लबकाे टोली आगो निभाउन खटिएको मालारानी गाउँपालिका वडा नः३ का वडा सदस्य शाेभाखर खनालले जानकारी दिनुभयाे ।उक्त भेगकाे अनुमानीत १५० राेपनी जमिनमा अागाे लागेकाे उहाले बताउनुभयो । यसभन्दा अघि उक्त भेगकाे जङ्गलमा यस्ताे किसिमले आगलागी नभएको स्थानीय भागिरत खनालले बताउनुभयो अागाे नियन्त्रण काे लागि लागिरहेका स्थानीय एक जना व्यक्ति घाइते सम्म भएका छन्। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन,उहाले भन्नू भयाे कस्ले जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण वनमा रहेका जडिबुटी ,वन्यजन्तु ,काठ लगायत जनावरको विनाश भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...