साना किसान कृषि सहकारी लि. बिष्णुपुरको २७ औं साधारण सभा सम्पन्न

  • चैत्र १७, २०८०
  • २८० पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव / सिरहा । साना किसान कृषि सहकारी संस्था लि. बिष्णुपुरको २७ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बिष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित साना किसान कृषि सहकारी संस्था लि.बिष्णुपुरको अध्यक्ष ओपेन्द्र यादवको अध्यक्षता तथा बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले संस्थाको बिकास प्रगति र किसान संग जोडिएको उत्पादन सम्बन्धि बिषयहरु उठाउन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले २०५२ सालमा स्थापित सहकारी संस्थाको शुरूवातको प्रगति र बिकास कुशल देखिए पनि हाल त्रुटिपूर्ण अबस्थामा रहेको बताए ।

अध्यक्ष यादवले भने , समयमा ब्याज असुली नहुनु ,उत्पादन कार्यमा तिब्रता नदेखिनु संस्थाको लागी यो त्रुटि हो । अब संस्था बिकासको लागी यस्ता समस्याहरुको समाधान गरि अगाडी बढ्नु पर्ने धारण राख्दै बिगतमा धान प्रशोधन कार्यक्रमको लागि खरिद गरिएको जग्गा र त्यसमा बनाइएको ब्लोकमा देखिएका त्रुटि कमजोरीहरुलाई हल गरि अगाडी बढनुपर्ने र संस्थाको थप बिकास कार्यका लागि पालिका र संस्था बिच ठोस समन्वयमा जुटनुपर्ने आबश्यक्ता रहेको जनाए ।

  त्यस्तै कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका पुर्व गापा अध्यक्ष जागेश्वर यादवले अनावश्यक रुपमा फ्रीज भैरहेको बिकासको बजेटलाई सदुपयोग तथा बर्षौ देखि ओझेलमा परेको एक अस्पताल भबनको स्थापना सम्बन्धमा बिचार व्यक्त गरेका थिए ।

  उहाँले कार्यक्रममा आफू प्रतिपक्षको प्रतिनिधिको भुमिकामा रहेपनि बिकास कार्यको लागी पालिका अध्यक्ष सत्यनारायण यादव सँग हरेक उचित कुरोमा सहकार्य गरि अगाडि बढने धारणा प्रष्ट पारे ।

त्यस्तै , कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका पुर्व उपसभापति सरोज कुमार यादवले यो संस्था किसानको संस्था हो ,किसानको बिकासको लागि उत्पादनमा जोड दिनु जरुरि छ । जब सम्म उत्पादनमा जोड दिदैंन तब सम्म किसानको बिकास हुदैन ।जब किसानको बिकास हुदैन तब किसानको लागि स्थापित साना किसान सहकारी संस्थाको बिकास हुदैन भन्दै यसको तीब्र बिकास कार्यमा किसान , किसानमुखी संस्था र पालिका एकजुट भै अगाडि बढनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा संस्थाको नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले कार्यक्रम र योजनाहरु सम्बन्धि आफ्ना मन्तव्य राख्दै , ब्याज हर्जाना, किसान नेट कार्यक्रम ,बिनिमय संशोधन र पुन: लेखन कार्यक्रम ,दैनिक बचत , किसानको सुबिधाको लागि कृषि पसल,मोबाइल एप्स सेवा जस्ता अन्य कार्य योजनाहरु अगाडी बढाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वड नम्बर १ को पुर्व वडा अध्यक्ष गोपिन्द्र यादव , ५ नम्बर वडा अध्यक्ष जय नाथ यादव, राम नारायण महतो , अशेश्वर ठाकुर लगायत अन्य बक्ताहरुले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको आ. ब. २०७९/०८० मा जम्मा ५० करोड ५ लाख ७५ हजार ३ सय ५२ रुपैया शेयर सम्पत्ति रहेको संस्थाको २७ औं साधारण सभामा कार्यालय प्रमुख ओपेन्द्र प्रसाद यादव द्वारा सार्वजनिक गरिएको प्रतिबेदनमा उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...