पत्रकार महासंघ सिराहा शाखाको १३ औं साधारण सभा भव्यताका साथ सम्पन्न

  • पुस ३, २०७९
  • ४३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / पुस २, सिरहा  । नेपाल पत्रकार महासंघ सिरहा शाखाकाे १३ औँ साधारणसभा लहानकाे सल्हेस फुलबारीमा सम्पन्न गरिएको छ । शाखा अध्यक्ष मनाेज बनैताकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी , बिशिष्ट अथिती नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य ललिता शाह , पूर्व शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, लगायत जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित कार्यक्रममा अथितीहरुलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाकी उपाध्यक्ष रिनकु कुमारी दासले गम्छा ओढाएर स्वागत गरेका थिए । कार्यक्रमको शुरुमा नेपालको राष्ट्रिय गान गाइएको थियाे भनें तत्पक्षात ज्ञात अज्ञात शहिदहरुप्रति मौनधारण गरिएको थियो । कार्यक्रमलाई औपचारिकतामा प्रवेस गराउँदै प्रमूख अथिती र बिशिष्ट अथिती ज्यूले सामूहिक रूपमा १३ साधारण सभाको व्यानर खोलेर कार्यक्रमको उद्दघाटन गरेका थिए । कार्यक्रममा अथितीहरुलाई स्वागत गर्दै आफ्ना मन्तब्य शाखा सचिव शिबदयाल यादवले राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार जिबछ यादवले सिरहामा खोजमूलक पत्रकारिता आवस्यक रहेको बताउनु भएको छ भने सिरहाका एक पत्रकार अनिरुद्ध ठाकुरले पत्रकारलाई  सहयोग दिनु पर्नेमा जोड दिनु भयो । अथितिको रूपमा पत्रकारहरु अर्जुन प्रसाद गुप्ता, अर्जुन थपलिया ,रामबाबु यादव लगायतले पत्रकारहरुको समसामायिक समस्याप्रति आ आफ्ना भनाई राखेका थिए भने बिशिष्ट अथिती ललिता शाहले सिराहा शाखाको वर्तमान समस्यालाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको बैठकमा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले महासंघको भवन निर्माणका लागि १० धुर जग्गा उपलब्ध गराउने उद्घोष गर्नु भएको छ । पुर्व निर्धारित समय बमोजिम सलहेस फूलबारीको सभा हलमा आयोजित कार्यक्रममा उद्घोषण रेडीयो आकाश गंगाका पत्रकार संजय यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...