सिरहामा एमालेको सपथ ग्रहण कार्यक्रम,पुर्व मन्त्री लिलानाथ श्रेष्ठको प्रशंसा

  • पुस १०, २०७८
  • ६०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  पुस १० सिरहा । सिरहाको लाल किल्ला मानिने साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ राई रैनि तथा हाल धनगढीमाई १४ मा नेकपा एमालेको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पूर्व कानुन मन्त्री लिला श्रेठको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरु को उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामप्रित राम ,पूर्व सांसद रामरती राम , जिल्ला अध्यक्ष चण्देश्वर मण्डल लगायत जिल्लाका वरिष्ट नेताहरु रामस्वरूप सदाय ,रामकुमार शाह , निर्मला बास्तोला , शोभा बराल ,शिवशंकर महतो ,राजु श्रेष्ठ ,युवा नेता राममणि मिश्र लगायतको सहभागिता भएको कार्यक्रमको सञ्चालन पार्टीकी प्रभावशाली नेत्री शोभा बरालले गरेकी थिइन् । कार्यक्रममा पार्टीका वरिष्ट नेता लिला श्रेठले स्थानिय करिब ८६ वर्षिय बलबहादुर सुनुवार ( काजी ) लाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अधिकांश वक्ताले मदन भण्डारी पार्क निर्माण लगायत भौतिक पक्षमा जोड दिनु पर्ने बताएका छन् । वरिष्ट नेता श्रेठले मदन भण्डारी पार्कलाई पर्यटन क्षेत्रमा रूपान्तरण गर्नको लागि आफूले कुनै कशुर बाँकी नराख्ने बताउनु भएको छ भने यता नेता शिवशंकर महतोले अबको चुनावी माहोल एमालेमय हुनुपर्ने बताएका छन्। कार्यक्रममा उपस्थित १४ ओटै वडाबाट भेला भएका नेता कार्यकर्तालाई वरिष्ट नेता लिला श्रेष्ठ ले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा चुनावी माहोलको बारेमा कुरा गर्दै कम्निस्ट आन्दोलनको क्रममा मदन भण्डारी पार्कमा बनाइएको घरले तत्कालिन अवस्थामा पुराएको योगदानको बारेमा केन्द्रिय सदस्य रामप्रित राम ले चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...