जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • फाल्गुन २६, २०७७
  • ६४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 उर्मिला यादव यात्री फागुन २६ हिसान नवलपरासीको आयोजनामा आज जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डेको अध्यक्षता तथा राष्टिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख आथित्यतामा ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । ९ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा कुमुदिनी माबि बर्दघाट प्रथम, न्यु लाइफ स्कुल बर्दघाट द्धितिय , अन्नपुर्ण माबि अस्नैहा तृतीय स्थान हासिल गरेका छन । कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो । प्रतियोगितामा कार्यक्रमको औचित्यबारे ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीका प्राचार्य भेषराज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने दिब्यज्योति क्याम्पस चिसापानीका प्रध्यापक शेषकान्त पौडेलले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो । यस्तै गरी कार्यक्रम संचालन हिसान नवलपरासीका सचिव प्रेम बहादुर खडकाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...