विद्युतको कर हटाउन माग गर्दै उज्यालो नेपाल युवा फ्रन्टको देशव्यापी हस्ताक्षर अभियान

  • भदौ १, २०८३
  • ४६ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको बक्यौता रकम असुल गर्न माग गर्दै उज्यालो नेपाल पार्टी निकट उज्यालो नेपाल युवा फ्रन्टले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ। ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नाराका साथ भदौ १ गतेदेखि सुरु भएको अभियान भदौ २४ गतेसम्म सञ्चालन हुने युवा फ्रन्टले जनाएको छ। अभियान काठमाडौंसहित देशका सबै जिल्लामा सञ्चालन गरिने जनाइएको छ। उज्यालो नेपाल युवा फ्रन्टका राष्ट्रिय अध्यक्ष श्रीराज मैनालीले विद्युत्मा लगाइएको अनावश्यक कर तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी बक्यौता रकम असुल गर्नुपर्ने अभियानको मुख्य उद्देश्य रहेको बताए। उनले हस्ताक्षर अभियानमार्फत सरकारमाथि जनदबाब सिर्जना गर्दै विद्युत् क्षेत्रलाई थप जनमुखी, पारदर्शी र न्यायपूर्ण बनाउन पहल गरिने बताए। माइतीघर मण्डलामा आयोजित अभियानको उद्घाटन कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा वैज्ञानिक डा. सीके राउतले अभियानप्रति समर्थन तथा ऐक्यबद्धता जनाए। वरिष्ठ पत्रकार ऋषि धमलाले पनि अभियानप्रति समर्थन व्यक्त गरे। कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वकेन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंको समेत उपस्थिति रहेको थियो। उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायसँग जोड्दै विद्युत् क्षेत्रका विद्यमान समस्याबारे जनताको आवाज सरकारसमक्ष पुर्‍याउने जनाएको छ। अभियानबाट संकलित हस्ताक्षर सरकारसमक्ष बुझाउँदै विद्युत्मा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता असुलीका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब दिने तयारी गरिएको युवा फ्रन्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...