रौतहटमा सशस्त्र प्रहरीले साढे पाँच लाखको सुर्ती सहित सामान बरामद

  • असोज १४, २०७७
  • १८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम शरण यादव  रौतहट, १४ असोज । ठूलो परिमाणमा सुर्ती सहित विभिन्न मालसामानहरु सशस्त्र प्रहरीले मंगलवार राति बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाएका छन् । सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणमा रौतहटको इशनाथ नगरपालिकाको औरैया स्थित नेपाल भारत सिमाबाट अबैध रुपमा मालसामान आइरहेको प्राप्त सुचनाको आधारमा त्यस तर्फ सादा पोशाकमा सशस्त्र प्रहरी परिचालन गर्दा करिव साढे पाँच लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद भएका हुन् । भारतबाट नेपाल तर्फ ल्याउदै गरेका १०९ केजी सुर्ती, लत्ताकपडा, मोवाइलको चार्जर, एयरफोन गरी साढे पाँच लाख मूल्य बरामरको सामान बरामद गरिएको तथा सादा पोशाकमा मान्छेहरु आइरहेको देखेर सामान छाडी भारत तर्फ भागेको सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिए । बरामद भएका उक्त सामानहरु सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणमा ल्याएर आवश्यक अनुसन्धान गरी कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा बुधवार लगाइएको जानकारी समेत उनले दिए । दिनानुदिन सामानहरु बरामद भईरहेको छ तर तस्करी कार्य नियन्त्रण हुन नपाएकोमा सिमा क्षेत्रबाट २४ घण्टा टिउटी राख्ने तयारी भईरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...