बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

  • असोज १३, २०७७
  • ९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अव्स्थी असोज १३ बझाङ प्रहरीले सम्झना कामीकाे हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो। साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको थियो। सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...