गौशाला नगरपालिका द्वारा तोडिएको नाला मर्मत नगरेकाे कारण स्थानिय द्वारा नाला जाम

  • असोज १३, २०७७
  • १४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरेन्द्र महतो- गौशाला, वर्षा भएकाे समयमा गाैशाला नगरपालिका ५ मगरथाना चौक स्थित दुर्गा ईन्ट्रप्राईजेजकाे अगाडी रहेकाे नाला एक महीना देखि भत्केकाेले नालाकाे फाेहर पानि सडक बाट गईरहेकाे कारन पूरा चौक नै दुर्गन्धित बन्दै गईरहेकाे छ। नगरपालिका द्वारा तोडिएको नाला मर्मत नगरेकाे कारण स्थानिय द्वारा नाला जाम गरेको छ। सडक नालाको पानी बगिरहेको कारन नाला जाम गरेका विशाल कुमार यादवले जनाएका छन। गाैशाला वजारकाे अाम्दानि कराेडाै भए पनि वजारकाे विकास र सरसफाईकाे काम नगन्य मात्रामा भएकाे स्थानियहरुकाे भनाई छ । महाेत्तरी टुडे मा पटक पटक न्युज सम्प्रेसन भएकाे र समाजिक संजाल बाट जानकारी गराएकाे भए पनि सम्वन्धित निकायले कुनै ध्यान नदिएकाे यादवले अाक्राेस व्यक्त गरे। यता नाला मर्मतकाे लागि नगरपालिका बाट वजेट विनियाेजन भईसकेकाे तर काेेराेना भाईरसकाे कारण समयमा नाला मर्मत हुन नसकेकाे वडा न ५ काे वडा अध्यक्ष धमेन्द्र साहले जनाएका छन। अव अवस्था समान्य भएकाेले धेरै चाँडाे नालाहरुकाे मर्मत कार्य शुरु हुनेछ तर जसकाे अगाडि नाला खसेकाे छ उसलाई निवेदन दिनु पर्ने तर अहिले सम्म नदिएकाे भए पनी नाला मर्मत कार्य सुचारु हुने साहकाे भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...