असोज १० गते सम्म कटहरिया न.पा.स्थित प्राथमिक स्वास्थकेन्द्र बाट प्रदान गरिने आकस्मिक सेवा लगायत सम्पुर्ण सेबा थप

  • असोज ८, २०७७
  • २१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट मेवालाल यादव ।बुधबार का दिन रौतहटमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जसमध्ये १ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि रौतहट जिल्लाको कटहरिया नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र पिएचसिको सबै सेवा हरु बन्द गरिएका छन्। कटहरिया नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका एक जना डाक्टरमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएकाले अस्पतालका सबै सेवा बन्द गरिएको कटहरिया नगरपालिका का मेयर सियाराम कुशवाहाले जानकारी गराउनु भयो । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने सम्भावना भएकाले हिजो असोज ७ गते देखि आउदो १० गते सम्मका लागी प्राथमिक स्वास्थ्य केन्द्र बाट प्रदान गरिने आकस्मिक सेवा लगाएत सम्पूर्ण सेवा बन्द गरिएको छ । बन्द सेवा बाट पर्न गएको असुविधा प्रति कटहरिया नगरपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्र द्धारा सम्पूर्ण नगरबासीमा क्षमा याचना गरिएको निम्ति प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।received_357398882073882

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...