आमरण अनशन सहित गोलबजार नगरपालिकामा पत्रकार साहले बुझाए ज्ञापन पत्र

  • मंसिर १४, २०८०
  • ४८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, १३ मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ का गणेश प्रसाद साहले तीनबुदे माँगसहित गोलबजार नगरपालिकामा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले व्यक्तिगत रिसीविका कारण कर्मचारी भर्नाकाको लिखित परीक्षामा सहभागी छोराको उत्तरपुस्तीका नियन्त्रणमा लिएको भन्दै सो परीक्षा पुनः गर्नुपर्ने माँगसहित ज्ञापनपत्र बुझाएका हुन्। साहले २०८० मंसिर ९ गते सञ्चालित परीक्षा रद्ध गरी उक्त परीक्षा पुनः सञ्चालन गरिनु पर्ने, वदनियत गर्ने कर्मचारी निरञ्ज शाक्यलाई प्रशासन प्रमुखबाट तत्काल हटाई स्वास्थ्य सेवा तर्फ पठाउनु पर्ने, वदनियतपूर्ण तरिकाले उत्तरपुस्तिका खोस्ने कार्य गरेकाले कर्मचारीलाई छनोट प्रकृयामा अव उपरान्त सामेल गराउन नहुने माँग गरेको छ। ज्ञापनपत्रमा उल्लेखितमाँग आउँदो शुक्रवार १५ गतेसम्मा पुरा नभए मंसिर १७ गते आईतबार १० बजेबाट त्यस नगरपालिकाको प्राङ्गणमा आवरण अनसन बस्ने घोषणा गरेको छ। साहले बुझाएको ज्ञापन पत्रमा ‘नगरपालिकाले कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रीतपूर्वक आवदेन दिई प्रवेश पत्र प्राप्तगरी लिखित परीक्षामा सामेल भएको मेरो छोरा राजा बाबु साहले परीक्षा दिईरहँदा परीक्षा सञ्चालकको रुपमा खटिएका त्यस नगरपालिकाका कर्मचारी निरञ्जन शाक्यले व्यक्तिगत रिसीवी साध्न पूर्वाग्रही भएर विना कारण मेरो छोरोको कापी (उत्तर पुस्तीका) खोसेर लेख्न नदिई करिव १५ मिनटसम्म कपि नियन्त्रणमा लिएर विलम्ब गराई परीक्षामा असफल गराउने कुत्सित नियत र व्यवहारको प्रदर्शन गरेका छन्। उत्तर पुस्तीका खोसिएका कारण मेरो छोराले पर्याप्त उत्तर लेख्ने समय नपाउँदा अन्यायमा परेका छन्।’ भन्ने उल्लेख गरिएको छ। शाक्यले बजार अनुगमनको नाममा स्थानीय व्यपारीहरुलाई सताउने, स्वास्थ्य क्षेत्रको कर्मचारीलाई प्रशासन प्रमुख बनाएको कारण उनीबाट प्रभावकारी रुपमा कार्यसम्पान हुन नसकेको सर्वत्र जनगुनासो हुने गरेको आरोप साहले बुझाएको ज्ञापनपत्रमा उल्लखे गरिउको छ। साहले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमु, उपप्रमुख, जिल्ला प्रशासन कार्यालय सिरहा, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखालाई बोदार्थ पठाएका छन्। शाक्य स्वास्थ्य सेवाका कर्मचारी हुन्। उनले हाल नगरपालिकाको प्रशासन सहित अन्यक्षेत्रको काम गर्नेगरेको नगरपालिका स्रोतले जनाएको छ।received_387290420315317

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...