बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग - सहकार्य मार्फत सम्भव

  • पुस ३, २०७९
  • ३७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / कपिलवस्तु । पुस २ युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा समपन्न भएको छ l कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोl कार्यक्रमको उद्घाटन गर्दै शर्माले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण तथा महिला हिंसा बिरूद्ध कृष्णनगर नगरपालिकाको प्राथमिक बिषय रहेको जानकारी दिनुका साथै बाल संरक्षण, लैंगिक हिंसा निवारण तथा मनोसामाजिक सहयोग सहकार्य मार्फत सम्भव रहेको बतउनु भयो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश कैनीले बाल बालिका तथा महिला माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले परिवार तथा समुदाय भित्र बाल बालिका र महिलाहरु सुरक्षित रहनका लागि जनप्रतिनिधि, सामाजिक अगुवा, स्थानीय पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार प्रहरी लगायत अन्य सरोकारवाला हरूको महत्वपूर्ण भूमिका रहने बतए । तीन दिने तालिमले समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता विकाश गरि समुदायमा रहेका बाल बालिका, महिलाका सवाल अनि मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुको पहिचान गरि सुचना प्रवाह मार्फत उपयुक्त सेवा सुनिस्चित गर्नु पर्ने जनाए । कार्यक्रममा सहजकर्ताका रूपमा शान्ति पण्डित, रूकैया खातुन, गणेश पौडेल लगायतले बाल संरक्षण तथा महिला हिंसाका साथै मनोसामाजिक सहयोग सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l कार्यक्रममा महिला स्वयंसेविका, कार्यपालिका सदस्य, महिला सदस्य, जन प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कृष्णनगरमा महिला हिंसा तथा मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संस्थाका प्रतिनिधि हरु लगायतको सहभागिता रहेको थियो l कार्यक्रममा सहभागीहरूले छलफल गरि आफ्नो समुदयमा रहेका बाल बालिका तथा महिला माथि हुने हिंसा निवारण गर्न र मनोसामाजिक समस्यामा रहेकाहरुको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको र यस्ता घटनाहरु देखेमा वा सुचना पाएमा नगरपालिका लगायत अन्य सरोकारवाला सेवा प्रदाकहरुलाई सुचना प्रवाह गरि पिडित प्रभाबितहरुलाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए । हिंसा निबारण तथा पिडित प्रभावितहरुलाई सेवा प्रवाह अनि समुदायको साचेतनाका लागि समुदयमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता अभिबृद्धि गरि परिचालन गर्न सके माहिला तथा बालबालिका माथि हुने हिंसा रोकथाममा कोसेढुंगाको काम गर्नेकुरा नगर प्रमुख रजत प्रताप शाहले जानकारि दिए । कार्यक्रमको संचालन तथा व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...