पत्रकार महासँघ सिरहाको सचीव शिबदयाल यादवलाई ट्राफिक प्रहरी चन्द्रशेखरले गरे दुव्र्यवहार

  • जेठ १२, २०७९
  • ३१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवलाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको छ । सिरहा सदरमुकामको मुखैमा अवस्थित ट्राफिक प्रहरी बिटका ट्राफिकले सचिव यादवलाई दुव्र्यवहार गरेको हो । सचिव यादव मंगलबार दिउँसो ४ बजेको समयमा सिरहातर्फ गइरहेका बेला ट्राफिक बिट अगाडि राजमार्गमा ट्राफिक चेकजाँच चल्दै थियो । चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान चन्द्रशेखर कुमार साहले पत्रकार यादवलाई पनि रोकेर कागजात मागेपछि उनले सबै कागजात देखाए । त्यसपछि पत्रकार यादव त्यहाँबाट जान खोजे । तर, प्रहरी जवान चन्द्रशेखरले गाडीमा प्रेस किन लेखिएको भन्दै निहुँ खोज्न सुरु गरे । पत्रकार यादवलाई अनावश्यक कारण देखाएर तथानाम अपशब्द बोल्दै सडकमै बेइजति गरे । यहाँसम्म की उनले ‘मैले पत्रकारलाई तह लगाउन जानेको छु’ सम्मका कुरा भन्न भ्याए । ट्राफिक प्रहरी चन्द्रशेखरको दादागिरी यतिमै रोकिँदैन, उनले मोटरसाइकल त नियन्त्रणमा लिए नै, पत्रकार यादवको मोबाइल पनि खोसे । प्रहरीले सार्वजनिक स्थलमै यसरी दुव्र्यवहार गरेपछि पत्रकार यादव मोटरसाइकल र मोबाइल त्यहीँ छाडेर निस्किएका थिए । यो घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले निन्दा गरेको छ । महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले जारी गरेको विज्ञप्तिमा यस घटनालाई पत्रकारितामाथिको आक्रमण र अपमान भनिएको छ । महासंघले उक्त प्रहरी जवानलाई कडा कारवाही गर्न माग पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...