पत्रकार महासँघ सिरहाको सचीव शिबदयाल यादवलाई ट्राफिक प्रहरी चन्द्रशेखरले गरे दुव्र्यवहार

  • जेठ १२, २०७९
  • ४७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवलाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको छ । सिरहा सदरमुकामको मुखैमा अवस्थित ट्राफिक प्रहरी बिटका ट्राफिकले सचिव यादवलाई दुव्र्यवहार गरेको हो । सचिव यादव मंगलबार दिउँसो ४ बजेको समयमा सिरहातर्फ गइरहेका बेला ट्राफिक बिट अगाडि राजमार्गमा ट्राफिक चेकजाँच चल्दै थियो । चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान चन्द्रशेखर कुमार साहले पत्रकार यादवलाई पनि रोकेर कागजात मागेपछि उनले सबै कागजात देखाए । त्यसपछि पत्रकार यादव त्यहाँबाट जान खोजे । तर, प्रहरी जवान चन्द्रशेखरले गाडीमा प्रेस किन लेखिएको भन्दै निहुँ खोज्न सुरु गरे । पत्रकार यादवलाई अनावश्यक कारण देखाएर तथानाम अपशब्द बोल्दै सडकमै बेइजति गरे । यहाँसम्म की उनले ‘मैले पत्रकारलाई तह लगाउन जानेको छु’ सम्मका कुरा भन्न भ्याए । ट्राफिक प्रहरी चन्द्रशेखरको दादागिरी यतिमै रोकिँदैन, उनले मोटरसाइकल त नियन्त्रणमा लिए नै, पत्रकार यादवको मोबाइल पनि खोसे । प्रहरीले सार्वजनिक स्थलमै यसरी दुव्र्यवहार गरेपछि पत्रकार यादव मोटरसाइकल र मोबाइल त्यहीँ छाडेर निस्किएका थिए । यो घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले निन्दा गरेको छ । महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले जारी गरेको विज्ञप्तिमा यस घटनालाई पत्रकारितामाथिको आक्रमण र अपमान भनिएको छ । महासंघले उक्त प्रहरी जवानलाई कडा कारवाही गर्न माग पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...