मध्य रातिमा किन पुगे सिरहाको एसपी हिरा बहादुर पाण्डे काँग्रेस सभापति रामचन्द्र यादवको घर

  • पुस १९, २०७८
  • १२०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल/सिरहा । सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डे र काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवबीच विवाद भएको छ । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेको खुलेको छ । आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका हुन् । स्रोतका अनुसार पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए । कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताए । उनले भने, ‘(एसपी साप) सँग मेरो खास मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनु भएको रहेछ ।’ सभापति यादवले आफूहरूबीच मतभेद नभएको र मार्छु भन्दै आएको विषयमा आफूले सोधखोज गरिरहेको बताए । ‘मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका पाण्डेलाई सीडीओ कवारी र सशस्त्रका एसपी गिरीले फर्काएर लिएर जानुभएको रहेछ । मैले अहिले मात्रै थाहा पाए । यो विषयमा सोधखोज गर्दैछु,’ उनले भने । प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि पाण्डे यादवमाथि जाइलागेका हुन् । तर, एसपी पाण्डेले भने आफूहरूबीच विवाद नभएको र आफू मार्छु भनेर यादवको घर नगएको दाबी गरे । ‘उहाँसँग कुनै विवाद भएको होइन,’ एसपी पाण्डेले भने, ‘कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि सभापति यादवले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’ सिरहा प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि सभापति यादवले छोड्न आफूलाई दबाब दिएको बताए । ’अभियुक्तलाई समातेपछि छोड्न उनले मलाई दबाब दिनुभएको थियोे,’ उनले भने, ’विवाद भएको चाहिँ यी विषयमा हो, अरु कुरामा होइन ।’ आफ्नो सरुवाको विषयलाई लिएर आफू सभापति यादवको घरमा नपुगेको एसपी पाण्डेको दाबी छ । घटनाको सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । ‘एसपी साप गस्तीमा जानु भएको हो,’ उनले भने, ‘अरु कुरा हामीलाई थाहा छैन ।’ प्रहरी प्रधान कार्यालयले ७ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...