अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने : साह

  • जेठ ९, २०७८
  • ४७० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौ। निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि प्रतिक्रिया जनाउदै नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए । उनले नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बन्चित रहेको हुँदा उनीहरूले नागरिकता पाउनुमा आफ्नो खुशी रहेको बताए । उनले यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद समेत दिएका छन् ।

 

“सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ, सर्वप्रथम त त्यसका लागि उहाँ सहित प्रधानमन्त्रीज्यू एवम् सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यहरुलाई समेत धन्यवाद दिन चाहन्छु । मेरो लामो संघर्षको परिणामको रुपमा नागरिक अध्यादेश पारित हुँदा मलाई धेरै खुसी लागेको छ । विगतमा हाम्रो पार्टी नेकपाले नागरिकतासम्बन्धी समस्या समाधान गर्नुको सट्टा झनै जटिलता थप्दा ठुलो जोखिम लिएर विरोधमा उत्रिएको, संसददेखि बाहिरसम्म निरन्तर संघर्ष गरेको हुँ ।” नेता साहले भने, “अब नागरिकता नपाएका लाखौं युवाहरुले नागरिकता पाउनेछन्, राज्यको नागरिक भएको महसुस गर्नेछन् र सेवा सुविधा प्राप्त गर्नेछन् । यही नै मेरो विजय हो, म यसमा निकै हर्षित छु । अहिले अध्यादेश समस्या समाधान गर्न प्रयास भएपनि यसलाई कानुनको रुप दिएर सदाका लागि नागरिकता सम्बन्धी समस्या समाधान गर्नुपर्छ ।”

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...