सिरहा चोहर्वा सडक खण्डमा चक्का जाम

  • मंसिर २०, २०८१
  • ३६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, मंसिर २० गते : सिरहा नगरपालिका–११, भलुवाही चोकमा आज बिहानैदेखि चक्का जाम गरिएको छ। स्थानीयहरुले हिजो साँझ १८ वर्षीय निरज कामतीको टेम्पोको ठक्करबाट मृत्यु भएपछि विभिन्न माग राख्दै सडक अवरुद्ध गरेका हुन्। हिजो साँझ करिब ७ बजे चोहर्वाबाट सिरहा जाँदै गरेको स १ ह ७२४ नम्बरको टेम्पोले ठक्कर दिँदा कामतीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि टेम्पो प्रहरीको नियन्त्रणमा रहेपनि चालक फरार रहेको स्थानीयले बताएका छन्। परिवारले पीडितलाई क्षतिपूर्ति, फरार चालकको खोजी र कारबाहीलगायतका माग राख्दै चक्का जाम गरेका छन्। चक्का जामका कारण सिरहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रुहरू गन्तव्यमा पुग्न नपाएर अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा वित्तीय ...

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्य ...

नव आगन्तुक विद्यार्थ ...

 कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार् ...

लागुऔषध (ब्राउन सुगर ...

 कृष्णनगर, कपिलवस्तु, माघ २३ प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आ ...