सिरहामा प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन

  • कार्तिक २५, २०८१
  • १८७० पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव / २५ कार्तिक सिरहा । सिरहामा प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । नेपाली काँग्रेसकि पुर्व कोषाध्यक्ष सीता देवि यादवको प्रमुख आतिथ्यमा सिरहा स्थित पुस्तकालय भवनमा सम्पन्न बैठकबाट आइतबार प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । IMG-20241110-WA0000 बैठकले समितिको सभापतिमा राम कुमार यादव , उपसभापतिमा मागैन साह, सचीवमा गोपाल साह सहित सदस्यहरुमा रमेश गजुरेल , अशोक साह , ओम प्रकाश साह ,मो. समसुदिन , मायादेवी चौधरी , जुगेश्वर यादव , गोबिन्द ढकाल र सीमा झालाई चयन गरेको हो । बैठकले शिबराम यादव , शितल प्रसाद यादव र भागवत साह गरि तीन जनालाई महाधिवेशन प्रतिनिधिको लागि चयन समेत गरेका हुन । IMG-20241110-WA0003 राम कुमार यादवको अध्यक्षतामा सप्पन्न सो कार्यक्रमको बिशिस्ट अतिथिहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्धम नारायण चौधरी ,पुर्व प्रदेश सभा सांसद नरेश कुमार यादव र प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य अमर रेग्मी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

उठीबास रोक्न मुसहर ब ...

 मणिलाल विश्वकर्मा लहान । करिब तीन दशकभन्दा बढी समयदेखि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ स ...

आफ्नै पसिनाको मोलले ...

 आफ्नै पसिनाको मोलबाट शिक्षा हासिल गर्दै विपन्नतामाथि विजय हासिल गर्ने प्रेरणादायी उदाहरण बनेका ...

नेपाल पत्रकार महासंघ ...

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट नेपाल पत्रकार महास ...