बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम सम्पन्न

  • आश्विन ११, २०८१
  • ७९२ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम सम्पन्न सिरहाको बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम भएको छ ।        BMZ/VCA/WHH को संयुक्त आर्थिक सहयोगमा सबल नेपाल द्वारा संचालित नेपालको तराई क्षेत्रमा अप-स्केलिंग धुने प्रणाली बलियो बनाउने दृष्टिकोण (NPL 1082-22) परियोजना अन्तरगत बुधबार सिरहाको बिष्णुपुर गाउँपालिकामा छात्रा तथा फोकल शिक्षिकाहरुलाई यस सम्बन्धि पुन: ताजगी तालिम कार्यक्रम गरिएको हो ।

    बिष्णुपुर गाउँपालिका स्थित माध्यमिक स्तरका चार वटा सामुदायिक विद्यालयहरुमध्ये तिनवटा माध्यमिक विद्यालयका २१ जना छात्रा र केही फोकल शिक्षिकाहरुलाई महिनावारी स्वच्छता ब्यबस्थापनको बिषयमा तालिम प्रदान गरेका छन । यसमा लक्ष्मी माध्यमिक विद्यालय लक्ष्मिपुर,माध्यमिक विद्यालय थलहा, र माबी गौरिपुरको केही छात्राहरुलाई समेटने गरि तालिम प्रदान गरिएको थियो ।

    कार्यक्रम , महिनावारी स्वच्छता ब्यबस्थापन बिष्णुपुर पालिका स्तरीय संजालकि अध्यक्ष अंजली कुमारी यादवको अध्यक्षतामा गरिएको थियो भन्ने कार्यक्रमको संचालन सबल नेपाल बिष्णुपुर गाउँपालिका संयोजक  मनिक कुमार कामतिले गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुरमा ‘बेबी ल् ...

सिरहा, बिष्णुपुर – बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा नयाँ शैक्षिक संस्था ‘बेबी ल्याण्ड ...

बर्षाले कि ...

 सिरहा चैत २८: वर्षाका कारण सिरहा र आसपासका जिल्लाहरूमा गहुँ बालीमा व्यापक क्षति पुगेको छ। खेतम ...

सिरहाको सुखीपुरमा चै ...

प्रदेश टाइम्स / सिरहा । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री रामजानकी पोखरीमा यस ...