प्रदेश टाइम्स/ सिरहा । नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषा र मधेस प्रदेश सरकार बीच ४ बुँदे सहमति भएको छ । हुलाकी सडक अन्तरगत सिरहा धनुषा जोडिने कमलामा नयाँ पुल निर्माणको लागी निरन्तर बिगत चौंध दिन देखी चरणबद्ध रुपमा आन्दोलन हुँदै आएको थियो । अनशन सहित चरणबद्ध आन्दोलनको आज १४ औं दिन पुल निर्माण संघर्ष समिती सिरहा-धनुषा र मधेस प्रदेश सरकार बीच चार बुँदे सहमति भएको हो ।
कमलामा नयाँ पुल निर्माणको लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि बसेको अनशनकारिहरुको सहयोग र समर्थनमा विभिन्न तहतप्का क्षेत्र र निकायहरू बाट एक्यवद्धताको ओइरो नै लागेपछि सरकार सहमतिमा जुटिएको थियो । पुल निर्माणको लागि मधेस प्रदेश सरकार सँग चार बुँदे सहमति भएपछि आजकै मिति बाट आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु पुल निर्माण संघर्ष समितिले फिर्ता लिएको सहमति पत्रमा उल्लेख गरिएको हो । मधेस प्रदेश सरकार र संघर्ष समिति बीच भएको चार बुँदे सहमतिमा कमलामा नयाँ पुल निर्माण गरिने ,नयाँ पुल निर्माणका लागी आ.ब.२०८२/०८३ मा संघ सरकार बाट बजेट राख्न पहल गरिने, संघ सरकार बाट उपलब्ध नभएको खन्डमा पुल निर्माणका लागि आवश्यक सम्पुर्ण बजेट मधेस प्रदेश सरकारको श्रोत बाट ब्यहोर्ने जनाएका हुन । साथै २०८१ मंसिर १ गते भित्र पुल निर्माणको लागी बोलपत्र आह्वान गरिने समेत सहमति पत्रमा उल्लेख गरिएका हुन । दुई पक्ष बीचको चार बुँदे सहमती पछि आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Pradeshtimesdainik.com - All rights reserved