बिष्णुपुरमा हरिमाया सामुदायिक भवनको उद्घाटन

  • कार्तिक १८, २०८०
  • १०६९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । बिष्णुपुरमा हरिमाया सामुदायिक भवनको उद्घाटन भएको छ । समाजिक सेवा भावले समाज र आफ्नो जन्मधर्तिमा महान कार्य र योगदानहरु गर्नु प्रायः समाजसेविहरुको चिन्तन मनन नै हुन्छ ।

    यहीँ समाजिक सेवाभावले ओतप्रोत हुँदै बिष्णुपुरमा स्व.बिश्वनाथ उपाध्यायले हरिमाया सामुदायिक भवनको शिलान्यास गरेको थियो । भवनको उद्घाटन नहुदैं उहाँ बित्नुभयो । IMG20231103103400

      पुर्ण रुपले निर्माण कार्य भैसकेपछी शुक्रवार १७ गते उहाँको श्रीमती शुशीला उपाध्याय पोख्रेल र तिनका परिवारजनको उपस्थितिमा पुजापाठ गर्दै उद्घाटन भएको हो ।

  Screenshot_2023-11-03-17-15-23-71_a23b203fd3aafc6dcb84e438dda678b6 1  हरिमायाको स्मृतिमा छोरा बिश्वनाथ उपाध्याय र बुहारी शुशीला उपाध्याय पोख्रेलले निर्माण गरि उद्घाटन गरिएको हरिमाया सामुदायिक भवन दुई तल्ले रहेको छ । भवनको भुई तल्लामा एक ठूलो हल र मंच माथील्लो तल्लामा तीन रुम सँगै फरक फरक दुई शौचालय रहेका छन भन्ने पछाडी पट्टी १० धुर जग्गामा एक किचेन रहेको छ ।IMG20231103095936

    सामुदायिक भवन रहेको जग्गा अढाइ कठ्ठा रहेको छ । यो भवन बनाउन जम्मा १ करोड लागत लागेको श्याम पोख्रेलले बताए । साथै भवन भुकम्प प्रतिरोधी रहेको समेत उनके बताए ।

    हाल आफुहरु बाहिर बस्दै आएपनी आफ्नो जन्म धर्ती यहाँ बिष्णुपुर रहेको भन्दै समाजमा एक ठोस निशानी राखेर समाजमा बेला बखत भैरहने विभिन्न किसिमको समाजिक कार्यहरू भोजभतेर , बैबाहिक कार्य मिटिङ सार्वजनिक गोस्ठिहरुमा यस हरिमाया सामुदायिक भवनको सदुपयोग होस भन्ने श्रीमती शुशीला उपाध्य पोख्रेलले बताईन ।IMG20231103100444

    सामुदायिक भवनको उद्घाटन केदार चन्द शर्माको अध्यक्षतामा गरिएको थियो । यस सामुदायिक भवनको संचालन तथा संरक्षण प्रवर्द्धनको लागि तत्काललाई १ संयोजक सहित १३ सदस्यीय समिति चयन गरेको हो । समितिहरुको संयोजकमा श्याम पोख्रेल , सदस्यहरूमा रामबिलाश यादव , जगबिर यादव , देवचन्द्र महतो, भुवन भुजेल , बिजय कुमार यादव , सदस्य सचीवमा बिजय कुमार यादव , पदेन सदस्यमा वडा न.१ को अध्यक्ष , सदस्य संरक्षकमा केदार चन्द शर्मा , शुशीला उपाध्याय पोख्रेल ,उमा शर्मा पोख्रेल र सल्लाहकारहरुमा सत्यनारायण यादव गापा अध्यक्ष ,बिनोद चन्द्र शर्मा सुनीता पोख्रेल बास्कोटा श्रीमदा पोख्रेल रहेका छन ।

   यस सामुदायिक भवनको संरक्षण र प्रबर्द्धनको जिम्मा समिति र समुदायको रहने यिनिहरु बाट संरक्षण हुन नसकेको खन्डमा बिष्णुपुर गाउँपालिकालाई हस्तान्तरण गरिदिने संरक्षक शुशीला पोख्रेल उपाधयायले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागू औषध सहि ...

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट लागु औषधसहित दुई ...

अर्थतन्त्रमा फेरि मन ...

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दी फस्ने त्रास बढ्दै गएको छ। कोरोना मह ...

अमेरिकी पूर्व राष्ट् ...

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेल ...