लहानको दुर्गा मन्दिर स्थित गरगहना सहित एक जना पक्राउ

  • भदौ १८, २०८१
  • १८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, भदौ । मिति २०८१।०५।१६ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ दुर्गा मन्दिर स्थित विभिन्न गर-गहनाका सामान लिई मानिस जादै छ भन्ने सुराकिले दिएको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलिले लहान बजारबाट दुर्गा मन्दिर तर्फ आउदै गरेको पैदल यात्री जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३० को दिपेन्द्र बि.क.ले बोकेको कालो रंगको झोलालाई चेकजाँच गर्दा झोला भित्रबाट अं. ८ केजि अं. मुल्य रु. १०,४०,०००/- (दस लाख चालिस हजार मात्र) बराबरको श्रोत नखुलेको विभिन्न चाँदिको जस्तो देखिने गर-गहनाहरु फेला परेकोले रीत पुर्वक बरामद गरी गरगहनाहरू सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको र गर- गहनाहरू सहित निजलाई राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाउने पहल भइरहेकोजिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गैरपत्रकारको नाममा ठ ...

जेठ ४/ सिराहा, नेपाल पत्रकार महासंघ सिराहा शाखाले केही गैरपत्रकार व्यक्तिहरूले आफूलाई पत्रकारको रूपम ...

आइन्दा आतंककारी हमला ...

 काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेता ...

कौटिल्य बिद्यालयका व ...

 काठमाडौ ।कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुने स्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत आकृष्ट कडे ...